कूटनीति

काठमाडौँ फर्कनुअघि भारतीय रक्षामन्त्री सिँहसँग ज्ञवालीको भेटवार्ता

चन्द्रशेखर अधिकारी |
माघ ३, २०७७ शनिबार १३:१५ बजे

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ फर्कनुअघि भारतीय रक्षामन्त्री राजनाथ सिँहसँग भेटवार्ता गरेका छन् । भारतीय जनताका पूर्वअध्यक्षसमेत रहेका सिँह नेपाल मामिलाबारे जानकार व्यक्ति समेत हुन । सिँहले नेपाल र भारतको सम्‍बन्ध राम्रो रहेको र यसलाई थप उचाईमा पुर्‍याउनुपर्ने बताएका थिए ।

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले रक्षामन्त्रीसँग भेटवार्ता गरेर फर्कदै छौँ भन्दै भने, ‘प्रधानमन्त्रीलाई भेटेको भए उहाँको कुरा हो । मसहित भएर रक्षामन्त्रीसँग भने कुराकानी भएको छ ।’


ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीको दूतको रुपमा दिल्ली गएका हुन । यद्यपि यो भ्रमणलाई नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठकको श्रृखलाको रुपमा लिइएको छ । बैठक तीन घण्टा बाहेक अन्य समय उनले राजनीतिक भेटघाटमा नै बिताएका थिए ।

राजनाथले नेपाली भूभागमा भारतले तिब्बत जोड्‌न बनाएको सडकको उदघाटनपछि सम्बन्ध चिसिएको थियो । यही चिसिएको सम्बन्धपछि नेपालको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनले यसअघि नै विदेशमन्त्रीसँग एक्लाएक्लै र संयुक्त आयोग बैठकमा सामुहिक छलफल गरेका थिए । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x