कूटनीति

बेरीपछि आउन लागेका अमेरिकी प्रस्तावित राजदूत थम्पसन को हुन् ?

इकागज |
चैत १६, २०७८ बुधबार १३:३१ बजे

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन् । दक्षिण तथा मध्य एसिया ब्यूरोमा कार्यरत प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई उनले नेपालको आगामी राजदूत घोषणा गरेका हुन् । उनी सेप्टेम्बर २०२१ देखि उक्त पदमा कार्यरत छन् । 

अमेरिकी परराष्ट्र सेवामा उनी वरिष्ठ अधिकारी हुन् । दक्षिण एसिया ब्युरोमा कार्यरत हुनुअघि उनी मलेसियास्थित नियोगमा डेपुटी चिफ अफ मिसन थिए भने त्यसअघि पूर्वी युरोपको रोमानियामा सार्ज डे अफेयर्सको रूपमा कार्यरत थिए । उनले भारतको कलकत्तास्थित महावाणिज्य दूतावासमा महावाणिज्यदूत र विदेश मन्त्रालयको अपरेसन सेन्टरको उपनिर्देशकका रूपमा काम गरेका थिए ।


उनीसँग सूचना स्रोत व्यवस्थापन र संकट व्यवस्थापनमा काम गरेको अनुभव छ । उनले मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट स्नातकोत्तर र नेशनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिबारे स्नातकोत्तर अध्ययन गरेका छन् । उनी अंग्रेजी भाषाका अतिरिक्त रोमानियन र बंगाली भाषा जान्दछन् ।

अहिले नेपालमा कार्यरत अमेरिकी राजदूत र्‍यान्डी बेरी २०१८ अक्टुबरदेखि कार्यरत छन् । उनको औपचारिक नियुक्ती प्रक्रिया पूरा हुन अझै केही समय लाग्नेछ । 


Author

थप समाचार
x