कूटनीति

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

इकागज |
चैत १७, २०७८ बिहीबार २१:५९ बजे

फाइल फोटो

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् । 

प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । 


देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार भोलि दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् । 

शनिबार देउवाले बिहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ । 

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ । 

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । 

आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । 

भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ । 


Author

थप समाचार
x