कूटनीति

'नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग'

इकागज |
चैत १९, २०७८ शनिबार १४:३२ बजे

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् ।

‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ’, तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने । 


प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्वितीय रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध सदियौँकालदेखि रहेको पनि उनले बताए ।
 


Author

थप समाचार
x