रोग र उपचार

जनै पुर्णिामाको अवसरमा सेनाले चलायो स्वास्थ्य शिविर

इकागज |
साउन २७, २०७९ शुक्रबार २१:७ बजे

कैलाली - जनै पुर्णिामाको अवसरमा आज खप्तड जगन्नाथको मेला-२०७९ खापर मेला  सम्पन्न भएको छ । 

मेलाको अवसरमा खप्तडमा तैनाथ रहेको नेपाली सेनाको श्रि सिंह शार्दूल गुल्म खप्तड ब्यारेकले स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।


मेलामा पुगेका  तीर्थालुहरुलाई स्वास्थ्य चेकजाँच र औषधि वितरण गरेको गुल्मपति विनोद बहादुर सिलवालले बताए । उनले स्वास्थ्य शिविरबाट १४१ जनाले सेवा लिएको बताए । शिविर २६ र २७ गते गरि दुईसम्म संचालन भएको थियो ।


Author

थप समाचार
x