रोग र उपचार

माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

इकागज |
पुस २६, २०८० बिहीबार १४:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था  लागू गर्ने बताएको हो । 

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ । 


दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि,२०८० परिमार्जनसहित लागू गर्न लागिएको बाेर्डले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । 

दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित नागरिकहरुलाई १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न बाेर्डले आग्रह गरेकाे छ । 

 


Author

थप समाचार
x