रोग र उपचार

सुत्केरीको हवाई उद्धार

इकागज |
माघ २४, २०७८ सोमबार १६:३९ बजे

फाइल फाेटाे

बलेवा- सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइ उद्धार गरिएको छ । वडिगाड गाउँपालिका–३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाई उद्धार गरिएको हो । आज बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए । 

स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उनको उद्धार गरेको हो ।


रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ः१३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उनीलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  रासस


Author

थप समाचार
x