सम्पादकीय
अबको कूटनीति सबैका साथ
कोभिड-१९ का कारण झन्डै एक वर्षदेखि हाम्रा छिमेकसँग हवाई सम्बन्ध बन्द झैँ थिए । अर्थात्, ‘ल्यान्ड’ मात्र होइन आकाश ‘लक’मा थियो । त्यसमा पनि भारतले त गत वर्षको नोभेम्बरमा नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि सम्बन्ध निकै तिक्ततापूर्ण बनेको थियो ।
त्यस्तो सम्बन्धमा कूटनीतिक लिकमा संवाद आरम्भ भएको छ । देखिएका समस्याहरू एकअर्कामा राख्ने कामको थालनी भएको छ । अन्तर्राष्ट्रिय उडानसमेत नियमित नभएकै अवस्था र भेटपछि ‘आइसोलेसन’मा बस्नुपर्ने अवस्थामा पनि यस प्रकारको भ्रमण हुनुलाई सकारात्मक मान्नुपर्छ ।
नेपाल एक ध्रु्वीय अर्थात् पहिले भने झैँ कतै पनि नलाग्ने होइन । सबैतिर आफ्नो सम्पर्क गरेर ‘सबैका साथ’मा अघि बढ्ने सन्देशसहित अघि बढ्नुपर्छ । हाम्रो कूटनीति सञ्चालनको मुख्य मर्म कसैसँग नलाग्ने भन्ने छ । त्यसलाई अब परिवर्तन गर्दै सबैको साथमा अघि बढ्ने नीतिमा अग्रसर हुनुपर्छ, बदलिँदो विश्व परिवेशअनुरूप ।
बहुपक्षीयताको वकालत गर्ने नेपालजस्तो मुलुकले अब कतै लाग्दिन भनी बस्न मिल्दैन । किनकि नेपालले मुलुकपिच्छे फरक सम्बन्ध पनि भनेकाले सबको साथमा जाने नीतिमा अग्रसर हुनुपर्ने देखिन्छ । नेपाल विश्वमा पहिले चिनिएको मुलुकको हो ।
नेपाललाई विश्वले वास्ता गरेको छैन भन्नेहरूसँग तर्क गरौंला, छलफल बहस गरौंला । तर नेपालले त्यो महत्वलाई कति ‘क्यास’ गर्न सक्यो भन्ने आफैँमा फरक प्रश्न बनेको छ । पछिल्लो समयमा छिमेकी भारतबाट निरन्तर उच्च तहको भ्रमण भइरहेको छ भने अर्को छिमेकी चीनबाट पनि रक्षामन्त्री वेई फेङ्गे आउनुले हाम्रो भित्रको अवस्थालाई प्रष्ट पारेको छ ।
चीनले आर्थिक, राजनीतिक र सैन्य प्रभाव आफ्नो छिमेकमा बढाउँदै लगेको छ । चीन यो क्षेत्रमा अमेरिकी प्रभाव निस्तेज गर्न खोज्दैछ ।
दुवै छिमेकी मुलुकले आफ्ना छिमेकलाई आफ्नै प्रभावमा राख्न खोजेको कतै छिपेको छैन । त्यो प्रभावमा नेपाल पर्ने कि उनीहरूलाई नेपालले आफ्नो स्वार्थमा राष्ट्र हितमा उपयोग गर्ने भन्ने विषय गौण छ । किनकि नेपालको राजनीतिको भित्रसम्म पसिसकेको भारतले आफ्नो ‘परम्परागत प्रभाव’ कायम राख्न चाहिरहेको छ भने चीन पनि त्योसँगै आफ्नो सक्रियता बढाउन खोज्नुले हामी भूराजनीतिक चेपमा पर्ने त होइनौं भन्ने छ ।
चीनले आर्थिक, राजनीतिक र सैन्य प्रभाव आफ्नो छिमेकमा बढाउँदै लगेको छ । चीन यो क्षेत्रमा अमेरिकी प्रभाव निस्तेज गर्न खोज्दैछ । भारत, अमेरिकासँग नजिकिएको विषयले चीन तनावमा रहेको र यो क्षेत्रमा त्यो प्रभाव कम गराउन लागि परेको प्रष्ट देखिन्छ । नेपालमा पनि चीनको त्यही प्रभाव देखिन खोज्नु आफैंमा सोचनीय छ ।
नेपालको पुरानो दल नेपाली कांग्रेससँगको सम्बन्धमा चिसो पानी खन्याएर कम्युनिस्टहरूलाई एक बनाएर अघि बढ्न खोज्नु चीनको फरक रणनीति हो । योसँगै चीनले नेपालमा स्थायी शक्तिको रूपमा मानिएको सेनासँग सहकार्यको बिन्दु पनि खोज्दैछ । त्यो सहकार्यले दुईपक्षीय सम्बन्ध राम्रो होला भन्ने छैन । दल र स्थायी संयन्त्र दुवैमा रणनीतिक तवरले चिनियाँ प्रवेश अनि पहिलेदेखि त्यसभित्र रहेको भारतीय प्रभावको चेपमा हामी छौं । अमेरिकाले पनि त्यसलाई विविध कोणबाट 'वाच' गरिरहेको अवस्थामा हामीले बहुपक्षीयताको वकालन गर्दै छिमेकमा मात्र होइन हामी विश्व शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन ।
त्यसरी अघि बढ्दा हाम्रा नेतृत्वले आफ्नो आन्तरिक राजनीतिमा विदेशी शक्तिलाई सामेल नै गराउन हुँदैन । यहाँ त सत्तामा टिक्न, दल मिलाउन, आफू शक्तिशाली हुन विदेशीको प्रयोग गरिरहेको अवस्थामा नेतृत्वले सोच्न सक्नुपर्छ । त्यसबाट माथि उठेमा हाम्रो सहकार्य बलियो हुने स्पष्ट छ । भारतबाट उच्च तहमा निरन्तर भ्रमण भइरहेको र भारतीय विदेश सचिव फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको स्वागतले त्यस्तै सन्देश दिएको छ । हुन पनि भारतको चीनसँगको द्वन्द्व बढ्दै गएपछि उसलाई छिमेकी मुलुकसँगको सम्बन्धमा न्यानोपना ल्याउन आवश्यक छ ।
चीनलाई पनि भारतसँगको सम्बन्ध रहेका मुलुकलाई आफ्नो शिविरमा ल्याउनु छ । त्यसैले यी दुई मुलुकको केन्द्र भनौं वा ‘फोकस’ दक्षिण एसिया हो । त्यसैले छिमेकी मुलुकबाट भ्रमणको प्रतिस्पर्धा अझ बढ्ने निश्चित छ । त्यसैले उनीहरूको प्रतिस्पर्धाको द्वन्द्वबाट जोगिएर दुवै मुलुकसँग आर्थिक सहकार्य र लगानीमा नेपाल अघि बढ्न सके राष्ट्र हित होला, अन्यथा हामी भूराजनीतिको चेपमा नराम्ररी फस्नेछौं ।
र, यो पनि
- नेपाली सेनासँग सघन सहकार्य खोज्दै चीन
- चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा
- चिनियाँ रक्षामन्त्री वेइले भेटे राष्ट्रपति र प्रधानमन्त्री
- जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मान (तस्बिरहरू)
- ८ घण्टे नेपाल भ्रमणबारे यसो भन्छन् चिनियाँ रक्षामन्त्री वेइ
- ‘नेपाल–भारत सम्बन्धमा सशक्त सहकार्यको अपरिहार्यता छ’
- अब होला त राष्ट्रपति-प्रधानमन्त्री तहको भ्रमण ?
- सीमा विवाद तत्काल टुंग्याउन आवश्यक : नेपाल
- भारतीय विदेश सचिव श्रृंगलाले सुरु गरे राजनीतिक भेटघाट
- सुरक्षा चासो व्यक्त गर्दै भारत, के-के हुँदैछ छलफल ?
- परराष्ट्रबाट पर पुगेको कूटनीतिलाई भरतको भर
- ‘इन्गेज’ गराउने तहबाट भारत माथि उठ्ला त ?
- नेपाल-भारत कूटनीतिक वार्ता अघि बढ्ने संकेत
- नरवणेको बसन्तपुर दौड : ढाका टोपी लगाए, कुमारीको दर्शन गरे
- सामन्त-सन्देश : सन्देह बढ्यो कि कूटनीति चुलियो ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया