शिक्षा

सामुदायिक विद्यालयका करिब तीन हजार लेखापाल र कार्यालय सहयोगी आन्‍दोलनमा

इकागज |
भदौ २, २०७९ बिहीबार ८:४१ बजे

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको अगुवाइमा देशभरका सरकारी विद्यालय कर्मचारीले आन्दोलनमा छन् । समितिको अगुवाइमा देशभरका शिक्षकहरूले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा हिजोदेखि आन्दोलन थालेका छन् । उनीहरूले आज तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् ।

 उनीहरूले विभिन्‍न माग राख्दै आन्दोलन थालेका हुन् । पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागू गर्नुपर्ने (विद्यालय कर्मचारी सहायक लेखापालहरूका लागि ३४७३०+२०००= ३६७३० र विद्यालय सहयोगीहरूका लागि २४२१०+२०००= २६२१० हुनुपर्ने माग राखेका छन् ।


त्यस्तै संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ कव संशोधनमा प्रबन्ध गरिनुपर्ने माग रहेकव छ । त्यस अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वत: स्थायी प्रक्रियामा लगिनुपर्ने, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्‍म अविच्छिन्‍न सेवामा कार्यर्त विद्यालय कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्‍ने प्रबन्ध गर्नुपर्ने रहेको छ ।

त्यस्तै६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरूलाई उच्‍च शिक्षा अध्ययनका लागि अध्ययन विदा सन्तति वृत्ति आदीको प्रबन्ध गरिनुपर्ने र विभिन्‍न समयमा गरिएका सहमति सम्‍झौता तथा पटक-पटक सर्वोच्‍च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग राखेका छन् ।

उक्त आन्दोलनमा देशभरबाट करिब तीन हजार लेखापाल र कार्यालय सहयोगी सहभागी भएको प्रविण भण्डारीले बताए ।

यी हुन मागहरू


Author

थप समाचार
x