शिक्षा

बालशिक्षालाई विद्यालय बस

निरोज चौलागाईं |
पुस ९, २०८० सोमबार १५:१५ बजे

सिन्धुपाल्चोक- ​बालशिक्षा माध्यमिक विद्यालय खाडिचौरलाई विद्यालय बस हस्तान्तरण गरिएको छ ।

सोमबार विद्यालयको ५९ औ  वार्षिकोत्सव तथा अभिभावक भेलाको कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयलाई बस सहयोग गरेका हुन् । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विद्यालय व्यवस्थापन  तथा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् ।


बस हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिने बताए । 'शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, हामीले शिक्षालाई गुणस्तर र  व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ,' उनले भने, 'हामीले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिन्छ ।'

त्यस्तै बस सहयोग गरेका क्षेत्रीले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको सुनाए । उनी भन्छन्, 'शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको क्षेत्रीयले हु । हामीले सरकारी विद्यालयलाई सुधार र शिक्षामा गुणस्तर बनाउँदै अघि बढ्नु पर्ने छ । शिक्षा विकासको मेरुदण्ड हो त्यसैले आफूले विद्यालयलाई व्यक्तिगत सहयोग गरेको हुँ ।'

अहिले विद्यालयमा एउटा बस मात्रै छ । यो दिँदा दुईवटा हुन्छ त्यसैले आउने दिनमा विद्यालय र विद्यार्थीलाई सहज हुने उनले बताए । विद्यालय बस संचालन गर्न विद्यालय कोषमा स्वास्थ्य मन्त्री बस्नेतले ५१ हजार सहयोग गरेका छन् । त्यस्तै बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री मसिना खड्काले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता दिएकी छन् ।

त्यस्तै बलेफी ७ का वडा अध्यक्ष गृबिन्द्र चौलागाईंले २ लाख सहयोग गरेका छन् भने काङ्ग्रेस नेता बुद्धराज बस्नेतले १ लाख सहयोग गरेका छन् । अहिले  बालशिक्षा माध्यमिकमा  झन्डै ५ सय विद्यार्थी अध्ययनरत छन् ।  विद्यालय २०२२ सालमा स्थापना भएको हो ।


Author

थप समाचार
x