शिक्षा

इटहरीमा तीन दिन सामुदायिक विद्यालय बन्द

इकागज |
माघ २, २०८० मंगलबार १६:५८ बजे

काठमाडौँ- इटहरी उपमहानगरपालिकामा तीन दिन धार्मिक, बालविकास केन्द्र र सामुदायिक विद्यालय बन्द हुने भएको छ । अत्यधिक चिसो, शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभावित हुँदा तीन दिन सम्म विद्यालयमा विदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले माघ ३ देखि ५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको छ । वर्षे बिदाबाट बिदा कटौती हुने गरी सामुदायिक विद्यालय, धार्मिक विद्यालय र बालविकास केन्द्रलाई सोहीबमोजिम बिदा दिनलाई इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ ।



Author

थप समाचार
x