शिक्षा

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

इकागज |
भदौ १९, २०७८ शनिबार २१:४५ बजे

डोटी - कोभिड–१९ संक्रमणका कारण बन्द रहेका डोटीका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको हो । सोहीअनुसार यहाँका स्थानीय तहका शिक्षा समितिले एक विज्ञप्ति जारी गर्दै २० भदौ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सूचित गरेको छ । 


‘कोभिड–१९को जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौं । आइतबारदेखि विद्यालय खुल्छन्,’ निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी संख्याका आधारमा कक्षा सञ्चालन गराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  


Author

थप समाचार
x