शिक्षा

दैलेखमा विद्यालय बनाउन जापानी सहयोग

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १७:२९ बजे

काठमाडौँ- दैलेखको एक विद्यालय निर्माण गर्न जापानले सहयोग गरेको छ । दैलेखको मालिका सेकेन्डरी विद्यालय निर्माण गर्नको लागि ८८ हजार १ सय ५ अमेरिकन डलर अर्थात करिब एक करोड ४५ लाख सहयोग गरेको हो । सम्झौता पत्रमा जापानका तर्फबाट 'चार्ज द अफियर्स' योसियोका युजु तथा भोलिन्टियर्स कोर्प्स नेपालका अध्यक्ष दिपक चापागाईंले हस्ताक्षर गरे ।

जापानको मानव सुरक्षा सहायता परियोजना अन्तर्गत निर्माण हुने यस विद्यालयमा आठ वटा कक्षा निर्माण तथा फर्निचर खरिद हुनेछ । हालको विद्यालय भवनका कक्षाकोठा साना तथा अत्यन्त जीर्ण एवं असुरक्षित रहेको छ । यस भवन निर्माण पश्चात विद्यालयमा अध्ययनरत ४ सय ५० विद्यार्थी लाभान्वित हुनेछन् ।


विद्यालय भवन निर्माणले विद्यार्थीले सहज र शान्त वातावरणमा अध्ययन गर्न पाउने र यसले नेपाल तथा जापानको सम्बन्धलाई थप उचाइमा लैजाने जापानी राजदुतावासले जनाएको छ ।


Author

थप समाचार
x