शिक्षा

अरूको आइफोन अब साइडबाट चिहाएर हेर्न नमिल्ने!

इकागज |
कात्तिक २९, २०७८ सोमबार १३:४७ बजे

काठमाडौँ- एप्पलले नयाँ पेटेन्ट दर्ता गरेको छ जसले आइफोन प्रयोग गरेको ठाउँबाट चिहाएर हेर्न नमिल्ने जनाएको छ । आइफोन प्रयोगकर्ताले विशेष किसिमको चस्माबाट आफ्नो आईफोनको स्क्रिनमा भएका कन्टेन्ट हेर्न पाउनेछन् । तर, साइडमा भएका प्रयोगकर्ताले भने हेर्न सकिदैंन् ।

यो फिचर आएपछि आइफोन प्रयोगकर्ताले गाडीमा तथा अफिस कार्यालयमा अरूको अगाडि आइफोन प्रयोग गर्न सहज हुने एप्पलले जनाएको छ । सार्वजनिक सवारीसाधन, कार्यालय, भिडभाड रहेका अन्य स्थानमा प्रायः प्रयोगकर्तालाई आफ्नो मोबाइल ढुक्कसँग चलाउन यसले सहयोग गर्नेछ ।


प्राइभेसी आइवेयर नामक यो फिचर एप्पलले दर्ता गरेको छ । प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राख्दै एप्पलले यो विशेषता ल्याउने तयारी स्वरुप यो पेटेन्टलाई दर्ता गरेको जनाएको छ । 

प्राइभेसी आइवेयर फिचरमा एक विशेष किसिमको ग्लासहुने र आइफोन प्रयोगकर्ताले मात्र यो फिचरलाई देख्न सक्नेछन् । एप्पल पेटेन्ट अनुसार यो फिचरले प्रयोगकर्तालाई आईफोनको स्क्रिनमा देखिने ग्राफिकल आउटपुटलाई ब्लर गर्नका साथै त्यससँगै अन्तरक्रिया गर्ने अवसर दिनेछ । यसमा अन्य प्रयोगकर्तालाई भने ब्लर देखाउने गर्छ । 


Author

थप समाचार
x