शिक्षा

विद्यालयलाई सहयोग जुटाउँदै तनहुँका पूर्वविद्यार्थी

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १५:७ बजे

तनहुँ - भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीले विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अंग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरूले अभियान नै सुरू गरेका  हुन् ।  

अंग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग संकलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरूङले जानकारी दिए । उनकाअनुसार मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम संकलन भएको छ ।


वार्षिक रूपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको उनले बताए । ‘अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्वविद्यार्थीले पनि सहयोग गरेका छन्,’ उनले भने ।


Author

थप समाचार
x