शिक्षा

कालोमोसो दल्ने विद्यार्थीलाई रिहा गर्न ७ विद्यार्थी संगठनको माग

इकागज |
पुस ३०, २०७८ शुक्रबार २१:११ बजे

काठमाडौँ : केएमसी र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दल्ने विद्यार्थीलाई रिहाई गर्न ७ विद्यार्थी संगठनले माग गरेका छन् । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका थिए ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट कालोमोसो दलिएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीबाट मोटो रकम असुल्ने, सरकारका निर्णय नमान्ने, विद्यार्थी संगठनका नेतालाई दुर्व्यवहार गरिएको भन्दै शर्मालाई कालोमोसो दलिएको विद्यार्थी संगठनको भनाइ छ ।


कालोमोसो दल्ने महेश मास्के र अमर पुनलाई तत्कार रिहाई गर्न संगठनले माग गरेका छन् । साथै उनीहरुले सहज वातावरणमा पठनपाठनको अवस्था बनाउन पनि सरकारसँग माग गरेका छन् । 


Author

थप समाचार
x