शिक्षा

काठमाडौँ मेडिकल कलेजमा अखिल क्रान्तिकारीको ढुंगा मुढा

इकागज |
माघ ११, २०७८ मंगलबार १७:१६ बजे

काठमाडौँ : नेत्रविक्रम चन्दनिकट अखिल क्रान्तिकारीले सुनिल शर्माको काठमाडौँ मेडिकल कलेजमा ढुंगामुढा प्रहार गरेका छन् । मंगलबार अखिल क्रान्तिकारीका विद्यार्थीले भक्तपुरको दुवाकोटमा रहेको काठमाडौँ मेडिकल कलेजमा सडकबाटै ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट मेडिकल कलेजका सिसा फुटेका छन् । उनीहरुले ‘मेडिकल माफिया होशियार, सुनिल शर्मा मुर्दावाद’ भन्दै मेडिकल कलेजमा ढुंगा हानेका हुन् । काठमाडौँ मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएपनि अहिलेसम्म फिर्ता गरेको छैन ।


शिक्षा मन्त्रालयले आग्रह गर्दासमेत अतिरिक्त शुल्क फिर्ता गर्न नमानेपछि कलेजमा ढुंगा मुढा गरेर कारबाही गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विश्वकर्माले जानकारी दिए ।

‘हामीले पटक पटक विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न आग्रह गर्दा नमानेपछि आज कलेजमा कारबाही गरेका छौँ,’ उनले इकागजसँग भने, ‘सरकारलाई नमान्ने मेडिकल माफिया सुनिल शर्माविरुद्ध हामी थप कारबाही चलाउँछौँ ।'


Author

थप समाचार
x