स्थानीय तह निर्वाचन २०७९

विवेकशील साझा पार्टीले खाता खोल्यो, फेटा-६ को वडाध्यक्षमा ठकुराई विजयी

इकागज |
जेठ ३, २०७९ मंगलबार २०:४६ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीले खाता खोलेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा मौलाना अमिर हमजा ठकुराई विजयी भएका छन् । 

उनले ५९१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत प्राप्त गरे । फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका छन् । उनले २ हजार २५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले १ हजार ४६६ मत पाएका छन् । 



Author

थप समाचार
x