स्थानीय तह निर्वाचन २०७९

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी

इकागज |
जेठ ५, २०७९ बिहीबार १७:४३ बजे

सुर्खेत– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल निर्वाचित भएका छन् । एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमाअघिल्लोपटक मेयरमा नेपाली कांग्रेस जित्दा उपमेयर ढकालले जितेकी थिइन् । यसपटक एमालेले उनैलाई मेयरका लागि अघि बढाएको थियो ।

ढकालले १६ हजार ३८ मत ल्याएकी छन् भने नेपाली कांग्रेसबाट गठबन्धनका मेयर पदका साझा उम्मेदवार उपेन्द्र खड्काले १५ हजार ४ सय ८४ मत ल्याएका छन्। यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीले ९ हजार ९ सय ८८ मत ल्याएर तेस्रो भएका छन् । 


यस्तै, उपमेयरमा निर्वाचित खनालले प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मत प्राप्त गरेका छन् । खनालले २० हजार ३६४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन् । राप्रपाका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ३ हजार ९६७ मत ल्याएकी छन् ।


Author

थप समाचार
x