स्थानीय तह निर्वाचन २०७९

बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेसका कार्की विजयी

इकागज |
जेठ ८, २०७९ आइतबार ७:० बजे

सुनसरी - सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् । उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।



Author

थप समाचार
x