स्थानीय तह निर्वाचन २०७९

रम्भामा एमाले विजयी, गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद भण्डारी पुनः निर्वाचित

इकागज |
जेठ ९, २०७९ सोमबार ८:१० बजे

रामपुर (पाल्पा) - पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का  दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए ।
    
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत  सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन् ।

उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरिन् । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x