स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

इकागज |
जेठ ९, २०७९ सोमबार ९:२२ बजे

दाङ - दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा  एमालेका उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान छिन् भने गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन् । रासस
 



Author

थप समाचार
x