स्थानीय तह निर्वाचन २०७९

पोखरामा गठबन्धनकाे मेयर र एमालेकी उपमेयर ३ हजार मतले अगाडि, अब २१ हजार मत गन्न बाँकी

इकागज |
जेठ ९, २०७९ सोमबार १०:१३ बजे

पोखरा - पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेका छन् । १ लाख २२ हजार २ सय १९ मत गणना हुदाँ उनीहरूले ३ हजार बढीकाे अग्रता बनाएका हुन् ।

मेयरमा आचार्यले ४९ हजार २ सय ४१ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन् । उनलाई एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत ल्याएर पछ्याइरहेका छन् ।


उनीहरूको बिचको मतान्तर ३ हजार ९ सय ७९ छ । मेयरमा राप्रपाका शंकर खरालले ५ हजार २ सय ५७ मत ल्याउदा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय ४१ प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता फराकिलो बनाउँद‌ै लगेकी छन् । पछिल्लाे गणना अनुसार उपमेयरमा ३ हजार ९७ काे मतान्तर छ ।

मञ्जुले ५१ हजार ५ सय ८९ मत ल्याएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४८ हजार ९ र ४ सय ९२ मत ल्याइन् ।

राप्रपाकी रन्जना सेनले ५ हजार २ सय २९ मत प्राप्त गरेकी छन् । पोखरामा २१ हजार ७ मतगणना हुन बाँकी छ । पोखरा अहिले सम्म २५ वटा वडाको मतगणना सकिएको छ ।

जसमा नेपाली कांग्रेसले १८ र एमालेले ७ वटा वडा जितेको छ । अहिले वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ काे गणना भइरहेकाे छ । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकाे पाेखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकाे थियाे ।


Author

थप समाचार
x