स्थानीय तह निर्वाचन २०७९

यी प्रमुख चार दलका अध्यक्ष, जाे मेयरमै हारे

सुभाष कर्ण |
जेठ ९, २०७९ सोमबार ११:२५ बजे

जनकपुरधाम- प्रमुख  चार दलका धनुषा जिल्ला अध्यक्ष स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

मेयर पदका लागि उम्मेदवारी दिएका सतारूढ दल कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेसहित प्रमुख चारवटै दलका अध्यक्षहरू पराजित भएका हुन् ।


मेयर पदमा उम्मेदवारी दिएका क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार, कमला नगरपालिकामा जसपाका पशुपति यादव, धनुषाधाम नगरपालिकामा माओवादीका दिपक यादव र सबैला नगरपालिकामा एमालेका राजकिशाेर यादव पराजित भएका छन् ।

क्षिरेश्वर नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका पजियार एमालेका सुखदेव यादवसँग ६१३ मतको अन्तरले पराजित भएका छन् । सुखदेवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा पजियारले भने ७ हजार ३०० मत मात्रै ल्याउन सकेका हुन् ।

सबैला नगरपालिकाकाको मेयरमा उठेका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर माओवादी केन्द्रका कारीराम यादवसँग पराजित भई तेश्राे स्थान ल्याएका छन्।

सुखदेव ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार २७६ मत ल्याए भने ३ हजार ५८१ मत ल्याएका एमालेका राजकिशाेर तेश्राे स्थानमा सिमित भए।

त्यस्तै धनुषाधाम नगरपालिकाको मेयरमा उठेका नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र यादव पनि तेस्रो नम्बरमा सिमित भएका छन् । त्यहाँ नेपाली कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । 

मण्डल ४ हजार ७१८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याएका छन भने देवेन्द्रले ३ हजार २५९ मत मात्र पाउन सकेका छन् ।

उता जसपाबाट कमला नगरपालिकामा उम्मेद्वार दिएका अध्यक्ष पशुपति यादव कांग्रेसका विशेश्वर यादवसँग १ हजार २८ मतको अन्तरले पराजित भएका छन । विशेश्वरले ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका छन भने पशुपतिले २ हजार ८५९ मत मात्र ल्याउन सकेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x