स्थानीय तह निर्वाचन २०७९

दैलेखकाे भगवतीमाईमा माओवादीका थापाले बाजी मारे

इकागज |
जेठ २, २०७९ सोमबार २३:१५ बजे

दैलेख- दैलेखकाे भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिकामा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भए । 

उनी दुई हजार ८४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरे । कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर दुई हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गरे । गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए।


यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी भइन् । गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्याशी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ र नेकपा एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत प्राप्त गरेकी छन् ।


Author

थप समाचार
x