स्थानीय तह निर्वाचन २०७९

सिडिओले माफी मागेपछि भरतपुरमा स्थगित मतगणना सूचारु

इकागज |
जेठ ३, २०७९ मंगलबार ०:२९ बजे

काठमाडौं– मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको आरोप लगाउँदै स्थगित भएको भरतपुर महामगरपालिकाको मतगणना पुनः पूचारु भएको छ । गणनामा खटिएका कर्मचारीलाई सिडियोले काम गर्ने वातावरण नदिएको आरोप लगाउँदै एमलेले आपत्ति जनाएके थियो ।

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको एमालेले भन्दै एमालेका प्रतिनिधिले आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो । सर्वदलीय बैठक बसेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माफी मागेपछी पुनः मतगणना सुरु भएको हो । मतगणना एक् घण्टाभन्दा बढी रोकिएको थियो ।



Author

थप समाचार
x