रोजगारी

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लगिन्छ : श्रममन्त्री श्रेष्ठ

इकागज |
पुस १०, २०७८ शनिबार १६:४८ बजे

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।

न्युज अलाइन्स मिडियाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा अयाोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका हुन् ।


९७ प्रतिशत वैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जाने वातावरण सरकारले बनाइरहेकाे बताए । उनले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

उनले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर वैदेशिक रोजगारमा जानेको संख्या न्युनीकरण गर्नुपर्ने धारणा राखे।  


Author

थप समाचार
x