ऊर्जा

इप्पान निर्वाचन : अध्यक्षमा कार्की र मल्लको उम्मेदवारी

उपमहासचिव र कोषाध्यक्षसहित पाँचजना निर्विरोध

इकागज |
जेठ ३०, २०८० मंगलबार १८:१० बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि सुरु भएको निर्वाचनमा अध्यक्षका लागि गणेश कार्की र इन्जिनियर किरण मल्लको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा सहमतिका लागि भएका अनेकौं प्रयास सफल नभएपछि अन्ततः दुवै जनाको उम्मेदवारी परेको हो । अध्यक्षका दुवै प्रत्याशी जलविद्युत क्षेत्रका हस्ती मानिन्छन् । 


उपमहासचिवमा भने प्रकाशकुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित पाँच जना निर्विरोध निर्वाचित हुने भएका छन् । महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमन जोशी पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।

५ जना सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।

७ जना खुल्ला सदस्यहरूका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूका लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ ।

हायात होटेलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।

उम्मेदवारकाे प्रथम नामावली:

 


Author

थप समाचार
x