ऊर्जा

इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई

इकागज |
जेठ ३२, २०८० बिहीबार ११:५६ बजे

काठमाडौँ- इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ । बिहीबार पहिलोपटक निजी क्षेत्रलाई जलविद्युतमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जलस्रोत क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिगत तवरबाट योगदान पुर्याएको भन्दै उपाध्यायलाई पुरस्कृत गरिएको हो ।

इप्पान विशेष सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरियो । घिसिङको तर्फबाट प्राधिकरणका निर्देशक प्रबल अधिकारीले उक्त पुरस्कार ग्रहण गरेका थिए ।


उपाध्याय जलस्रोत सचिव हुँदा पहिलोपटक निजी क्षेत्रलाई जलविद्युत्मा लगानी गर्न दिने नीतिगत निर्णय भएको थियो । त्यतिबेला जलस्रोत मन्त्री शैलजा आचार्य थिइन् ।

घिसिङलाई ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाले सम्मान गरिएको हो । 


Author

थप समाचार
x