उद्यम

घुम्ती स्टल, इकमर्शसहित ४ व्यवसाय हटे उद्योगको वर्गिकरणबाट

इकागज |
मंसिर १८, २०७७ बिहीबार १९:३० बजे

काठमाडौं : सरकारले चारवटा व्यवसायलाई उद्योगको वर्गिकरणबाट हटाउने भएको छ । औद्योगिक व्यवसाय ऐनमा स्पष्ट नपारिएका चार व्यवसायलाई हटाएको हो ।उद्योग तथा लगानी प्रवर्धन बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्ड अनुसार घुम्ती स्टल, इकमर्श, थोक तथा खुद्रा व्यवसाय सेवा र भन्सार एजेन्ट सेवालाई उद्योगको वर्गिकरणबाट हटाएको हो । त्यस्ता व्यवसायलाई विभागले दर्ता गर्ने वा नगर्ने विषयमा दुविधा भएपछि बोर्डमा निर्णयका लागि प्रस्ताव गरिएको थियो ।  १२ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
 
साथै उद्योग विभाग आफैले कुनैपनि उद्योगको सञ्चालन म्याद अवधि थप्‍न पाउने भएको छ । तीनपटक भन्दा बढीमा उद्योग सञ्चालनमा आउन नसकेमा अर्कोपटकका लागि विभाग आफैले म्याद थप्‍न पाउने भएको हो । 


औद्योगिक व्यवसाय ऐनअनुसार सञ्‍चालन अवधि बढाउनका लागि तीन पटकसम्म विभागमा निवदेन दिनसक्नेछ । त्यसपछिका लागि समेत अवधि थप्‍नका लागि बोर्डमा प्रस्ताव लैजानुपर्ने प्रावधान छ । तर बोर्डको बैठकले विभागलाई म्याद थपको सम्पूर्ण अधिकार दिएको हो । 
 


Author

थप समाचार
x