उद्यम

स्याउ खेतीमा जम्दै जुम्ला

इकागज |
माघ २४, २०७८ सोमबार १९:४४ बजे

जुम्ला – जुम्ला यतिवेला स्याउका लागि पर्याय बनिरहेको छ । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् ।

जुम्लाको हिमा गाउँपालिका–३ का वडाध्यक्ष सर्वजित भण्डारीले जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ भएको बताए । 


भण्डारीले उद्योग तथा उपभोक्ता हीत संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका, वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काटछाट सीप मुलक तालिमको समापनमा यस्तो बताएका छन् । 

उनले उद्यमीलाई सीप सिकेर विदेशमा भन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएको उनले बताए । स्याउका विरुवा नभएका कुनै घर छैन । 

सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले तालिममा सहभागी सवैका घरमा २ सयदेखि २ सय ५० विरुवा छन् ।

अहिले नेपालमा पनि स्याउ बगैंचा व्यवस्थापन गर्ने नयाँ नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने गरिएको छ । सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य रहेको प्रमुख देवकोटाले बताए ।

तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीले तालिममा १५ जना सहभागी भएको र सीप सिकेर स्याउका विरुवा काटछाट तथा बगचै व्यवस्थापन गर्न सिकेको जानकारी दिए । 

कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैँचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’

उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ ।स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए ।

जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।


Author

थप समाचार
x