उद्यम

उत्कृष्ट उद्यमी पुटिकलाई १ लाख पुरस्कार

इकागज |
फागुन १७, २०७८ मंगलबार १७:० बजे

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका–२ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी  पुस्कार पाएकी छन् ।

उनी जुम्लाबाट उत्कृष्ट उद्यमी   बनेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत गरेको  छ ।  लामो समयदेखि तामाङले झोला तथा राडी पाखी उद्योग सञ्चालन गर्दै आएकी छन् । 


उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रकृष्णा देवकोटाले अध्ययनमा तामाङको उद्योग जिल्लाकै उत्कृष्ट भएको बताए । 

उत्कृष्ट उद्यमी बनेकी तामाङलाई एक लाख रुपैयाँ  नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा उनलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । तामाङले  झोला, राडीपाखी, गलबन्दी, मोजा, लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन्  । 
 


Author

थप समाचार
x