उद्यम

सोपान फर्मास्युटिकल्सका ६ थरी औषधि बजारमा

इकागज |
फागुन २७, २०७८ शुक्रबार १२:४२ बजे

काठमाडौँ - सोपान फर्मास्युटिकल्स लिमिटेडले औषधिहरूको उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादित गुणस्तरीय औषधिहरु बजारमा ल्याएको घोषणा गरेको हो ।

कम्पनीले हाल Alerz, Anuer, Cyprite, Montrin, Myzith / Onmit नामका औषधिको बजारीकरण सुरु गरेको हो । सोपानले विविध क्षेत्रमा लगानी गरेको जनाउँदै  कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गरिरहेको जनाएको छ । औषधिको क्षेत्रमा नयाँ पाइला चालेको कम्पनीले सोपानमा १ सय २७ करोड लगानी गरेको जनाएको छ ।


कम्पनीले वार्षिक उत्पादन क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाख बोतल ड्राई पाउडर, र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको जनाएको छ । कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको GMP Guidelines लाई पालना गर्दै अत्याधुनिक HPLC System, Clean Room System Water Purification System को व्यवस्था गरिएको जनाएको छ ।

औषधिहरुको गुणस्तरीयता परिक्षण गर्नको लागि आवश्यक पर्ने HPLC उपकरण तथा अन्य आवश्यक उपकरणहरू पनि जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।औषधिको त्चTrial Batch तथा Stability Test गर्नको लागी अत्याधुनिक किसिमका Research and Development -R&D तथा Microbiology Lab स्थापना गरी संचालन गरिएको र कारखानाबाट निस्कने औषधिजन्य फोहोरहरुलाई शुद्धिकरण गर्नको लागि Effluent Treatment Plant -ETP जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीको समयमा सोपान फर्मास्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पु¥याएको कम्पनीले जनाएको थियो । 


 


Author

थप समाचार
x