वातावरण

मौसम विश्लेषण

तुवाँलो कायमै, किन भयो पहाडी भू-भागमा चट्याङसहितको वर्षा ?

इकागज |
चैत १९, २०७७ बिहीबार ७:५ बजे

काठमाडौँ : मुलुकका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीसँगै तुवाँलो कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव देखिएको वर्षा भएको हो ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिएको छ ।  महाशाखाका अनुसार आगामी २४ घण्टाका देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पर्नेछ ।


तीन दिनको मौसम पूर्वानुमान

 चैत्र १९ गते (बिहिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै  स्थ नमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

चैत्र २१ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।


Author

थप समाचार
x