वातावरण

कस्तो छ आजको मौसम ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार ७:४१ बजे

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

दिउँसो प्रदेश १ लगायत गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 


राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 


Author

थप समाचार
x