वातावरण

चितवनमा गैंडाका दुई बच्चा मृत भेटिए

इकागज |
चैत २९, २०७९ बुधबार २०:१९ बजे

फाइल फोटो

चितवन - चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुई वटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो ।


२७ गते सोमबार मध्यान्ह साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नारायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी २७ गते नै माडी नगरपालिका-९ बगइ रिउ खोला आडको काँसघारीमा अन्दाजी ६ महिनाको गैंडाको बच्चा मृत भेटिएको छ । गैंडालाई बाघले आक्रमण गरेर मारेको सूचना अधिकारी तिवारीले बताए । 


Author

थप समाचार
x