वातावरण

मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

इकागज |
असार २२, २०८० शुक्रबार २१:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।


भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सबैमा आग्रह गरिएको छ ।


Author

थप समाचार
x