वातावरण

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगमा हिमपात

इकागज |
माघ १४, २०८० आइतबार ६:२७ बजे

फाइल फोटो

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । लुम्बिनी र सुदुरपश्चिमका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।


दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका विभिन्न भागमा हिमपात पर्ने र तराईका केही भागमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 


Author

थप समाचार
x