फेसन

ऐश्वर्या बनिन् 'मिस ग्रान्ड नेपाल २०२२'

इकागज |
भदौ २६, २०७९ आइतबार १०:२१ बजे

काठमाडौँ- मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन् । फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप रक्षा उप्रेती भएका छन् ।

त्यसैगरी, बेस्टस्वीमसुटमा बर्षा भण्डारी, मिस पपुलर तन्नु शाक्य, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस पर्सनालीटीमा बर्षा भण्डारी, मिस कन्जेनेलिटी सुदेश्ना महर्जना र मिस कन्फिडेन्समा सामना कार्कीले उपाधि हासिल गरेकी छन् ।


प्रतियोगितामा सहभागीहरूको कोरियाग्राफर सुजित बस्याल थिए । सहभागी १४ मध्येबाट श्रेष्‍ठ मिस ग्रान्ड बनेकी हुन् ।

मिस ग्राण्डमा विजेता श्रेष्ठले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने छिन् । त्यसैगरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने छन् ।

प्रतियोगितामा निर्णायक जजको रुपमा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) रहेका थिए ।

बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा 'मिस ग्रान्ड नेपाल २०२२' आयोजना भएको हो । पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यस पटकको 'मिस ग्रान्ड नेपाल २०२२' हिंसा र युद्ध रोकौँ भन्ने मूल नारासहित हुने मिस ग्राण्ड प्रतियोगिता भएको हो । सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यस पटक दशौँ संस्करण सम्पन्न भएको हो ।

प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरेको थियो ।  


Author

थप समाचार
x