फेसन

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

इकागज |
जेठ ४, २०८० बिहीबार १३:३ बजे

काठमाडौं - 
सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ को उपाधी क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । काठमाडौंमा बुधवार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यी मध्ये ’मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए । समरोहमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रीय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए ।


‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ । तपाइँहरूसँग हामी छौँ । देश चिनाउने अभिनयमा अगाडि बढ्न आग्रह गर्छु’,मन्त्री लिम्बूले भन्नुभयो । उनले बजेटको विषयमा भईरहेको छलफलबाट समय निकालेर युवाको गतिविधीमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे ।

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वलदेखेको बताए । ‘म एकसातादेखी नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने । 

कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए । ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने म भन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोशिश गरेको हुँ । मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पु¥याउने र जिताउने हो’,डा. उपाध्यायले भन्नुभयो । सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए । 

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।


Author

थप समाचार
x