फेसन

एउटै स्टेजमा चार सुन्दरी प्रतियोगिता, चारै विजेता

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:४७ बजे

काठमाडौँ - राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगिता ‘लिटिल एन्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेसनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । 

प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेसनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यहि प्रतियोगिता तर्फको फस्ट रनर अप एलेक्स महर चुनिँदा सेकेन्ड रनर अफ भने एलिस अर्याल भए ।त्यस्तै ‘लिटिल प्रिन्सेस इन्टरनेसनल’ जुनियर तर्फ आयु खत्रीले शीर्ष उपाधि चुमिन् ।


यहि प्रतियोगितामा सरल्या बज्राचार्य फस्ट रनर अफ र आरोही खरेल सेकेन्ड रनर अप बने । यस्तै ‘लिटिल प्रिन्स इन्टरनेसनल’ सिनियर तर्फ भने स्पन्दन त्रिपाठी विजेता बन्दा फस्ट रनर अप शुभम थापा र  सेकेन्ड रनरअप दिब्भ्यान्स अर्याल भए । 

कार्यक्रममा टिन प्रिन्सेस इन्टरनेसनल तर्फ भने कृषा खड्की विजेता घोषित भइन् । यही प्रतियोगितामा प्रशंसा आचार्य र विभूति बस्नेत क्रमश फस्ट रनर अप र सेकेन्ड रनर अप छानिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री संञ्चिता लुईटेल, फिल्म निर्देशक दीवाकर भट्टराई, ब्यवसायी रोजी खुसी पाठक, गीतकार, कवि तथा नव नारी मासिककी सम्पादन निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए ।

९ वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगिताको कोरियोग्राफी राज फैजुले गरेका थिए । उनीहरू श्रीषा बैदार फैजुका डिजाइन रहेको परिहनमा र्याम्पमा उत्रिएका थिए ।विजेता ४ जनाले नै विभिन्न उपहार र अवसर गिफ्टका रुपमा प्राप्त गरेका छन् ।

विजेता सबै इन्डोनेसियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x