सिनेमा

‘लाज शरणम्’ चलचित्र महाशिवरात्रीका दिन प्रदर्शनमा आउने निर्माण टिमकाे दाबी

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १५:२६ बजे

काठमाडौँ - टेलिचलचित्र ‘सक्किगोनी’ टीमको लेखन तथा निर्देशनमा बनेको चलचित्र लाज शरणम्को प्रदर्शन मिति तय भएको छ । नेपालको काठमाडौँ र डोल्पा क्षेत्रमामा छायाँकन गरिने उक्त चलचित्र २०८१ फाल्गुण १४ गते महाशिवरात्रीका दिन देशभर प्रदर्शनमा आउने निर्माण कम्पनी जिग्री-पाँडे टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा दर्शकहरुसँगको सामीप्यता अझ प्रगाढ भएको महसुस भएको छ ।'


फाल्गुण १४ मा रिलिज हुने यो चलचित्रमा सामाजिक तथा कमेडी शैलीमा निर्माण गरिएको कट्टेलले बताए । जिग्री-पाँडे अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् ।कट्टेलका अनुसार टेलिचलचित्रमा ‘सक्किगोनी’ का कलाकार तथा बाहिरी कलाकारहरुको पनि अभिनय छ । निर्देशक तथा कलाकारहरुको नाम पनि छिट्टै सार्वजनिक गर्ने  उनले बताए । 

फिल्म लाज शरणम्को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक गरिएको दुई पोस्टरमध्ये पहिलो पोस्टरमा फाल्गुण २ गते चलचित्रको नाम र २०८१ नयाँ साललाई लक्षित गर्दै सुटिङ सुरु गर्ने घोषणा गरिएकाे छ । दोस्रो पोस्टरले सामाजिक संजाल फेसबुकमार्फत प्रदर्शन मिति तय भएको जानकारी गराएको छ । तर कुनै पनि कलाकार, निर्देशकको नाम र कथाबारे भने केही सार्वजनिक  गरिएको छैन । 

‘सक्किगोनी’ नेपाली दर्शकको मन मुटु जित्न सकेको नेपाली टेलिचलचित्र हो । जसमा दर्शकहरुले जिग्री-पाँडे टिमले निर्माण गर्न लागेको पहिलो चलचित्रबाट धेरै आशा राखेका छन्  ।  फिल्मको कुरालाई लिएर दर्शकमाझ धेरै सस्पेन्स बनिरहेको छ। । दर्शकहरुको माया र आशीर्वाद पाएका जिग्री-पाँडे टिमको  पहिलो चलचित्रको सबै प्रतिक्षामा छन् ।

र, यो पनि

टेलिचलचित्र ‘सक्किगोनी’ टीमले ‘लाज शरणम्’ निर्माण गर्ने


Author

थप समाचार
x