जात्रा-पर्व

हाँडीगाउँमा जात्रा, यसरी खाेजियाे गहना (फाेटाेफिचर)​

इकागज |
चैत २४, २०७९ शुक्रबार १९:२० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौं- काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।


उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविद्को भनाइ छ ।


Author

थप समाचार
x