जात्रा-पर्व

पाटनमा मनाइयो पञ्चदान पर्व

इकागज |
भदौ ७, २०८० बिहीबार १४:५९ बजे

काठमाडौँ- ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ ।

बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चामल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्


विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो । नेपाल सम्बत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्मावलम्बीहरूले दिपंकरहरूलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ । 


Author

थप समाचार
x