जात्रा-पर्व

दशैँ लागेसँगै बजारमा किनमेल गर्नेहरुको भीड

इकागज |
असोज २९, २०८० सोमबार १४:५९ बजे

काठमाडौँ - दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्‍न थालेको छ । 

काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर दशैँो लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ । व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति एकदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढ्न थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ । व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए । उनले आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताए । उनले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताए । पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दशैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आश पलाएको उल्लेख गरे । उनले यो वर्षको दशैँमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए । उनले दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताए । उनले होलसेल बजारमा सामान खरिद गर्नेहरुको भने चहलपहल रहेको बताए । 


उनले भने, ‘न्युरोड लगायतका होलसेल बजारमाबाट दशैँका लागि सामानहरु बाहिर गएको छ । तर खुद्रा बजारमा सुनसान जस्तै छ । मानिसहरुको रोजगारी समेत गुमेकाले तल्लो तहका मानिसहरुसँग पैसा छैन । आर्थिक मन्दिको कारणले दशैँमा हुनुपर्ने उत्साह देखिएको छैन ।  होलसेल बजारमा व्यापार केही वृद्धि भएकाले व्यापार वृद्धि हुने थारै आश पलाएको छ । क्रयशक्ति कम भएकाले दशैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको छैन । यो वर्षको दशैंमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फुलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए । उनले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरु बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताए । उनले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताए । उनले व्यापारीहरुमा पनि आर्थिक मन्दि भएको कारण २ हजारको सामान सेलमा राखेर २ सयसम्म बिक्रि गरिरहेको बताए । उनले मन्दीका कारण ग्राहकहरु पनि सस्तो सामान नै बढी किनिरहेको बताए । उनले व्यापारीहरु भएको सामान दशैँमा सेलमा राखेर स्टक सक्ने दशैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताए । उनले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरुमा पनि बिग सेल राखिएको उल्लेख गरे । उनले मन्दी र युवाहरु विदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको  दाबी गरे ।  त्यस्तै,न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरुको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताए । उनले सटरभित्रका पसलहरुमा ग्राहक नआउँदा व्यापारीहरु मोवाइल चलाएर बस्न बाध्य भएको भन्दै दुई दिन केही ग्राहकहरुको भीड सेलमा देखिएको बताए । उनले सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरु आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भन्दै भीड अनुसार व्यापार नभएको बताए । 

व्यापारीहरुले बजारमा व्यापार नभएको भनेपनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ । 

 


Author

थप समाचार
x