जात्रा-पर्व

आज विजयादशमी

मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै, टीकाको साइत ११:०२ बजे

इकागज |
कात्तिक ७, २०८० मंगलबार ६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- आज विजया दशमी । आज मान्यजनबाट टीका तथा जमरा लगाई विजयादशमी पर्व मनाइँदैछ।

विजयादशमीका दिन आज विहान १०:३७ बजे देवी विसर्जन र ११:०२ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । तर आज दिनभर देवीको प्रसाद लगाउन सकिने साइत रहेको छ ।


असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने परम्परा रहेको छ । 

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ ।

नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।


Author

थप समाचार
x