जात्रा-पर्व

बैतडीमा राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

इकागज |
कात्तिक २३, २०८० बिहीबार १९:४ बजे

फाइल तस्बिर

धनगढी- बैतडीमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको जनाएको हो । 

देउसी-भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् । 


यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारबाही हुने उनले बताए । मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेमा कानुन अनुसार कारबाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x