जात्रा-पर्व

पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने

इकागज |
पुस १९, २०८० बिहीबार १६:३७ बजे

काठमाडौँ- के तपाई पशुपति मन्दिरमा हुने सन्ध्याकालीन आरती हेर्न पहिलोपटक जाँदै हुनुहुन्छ ? हरेक दिन बागमती पारि हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ भने तपाइहरू कारबाहीमा पर्न सक्नुहुनेछ ।

अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने भएको छ ।


पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले जारी गरेको संयूक्त सूचनामा बागमती किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको उल्लेख छ ।

‘यहाँ खिचिएको भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा कपीराईट ऐन अन्तर्गत कारबाही गरिने जानकारी गराउँछौ,’ सूचनामा भनिएको छ ।


Author

थप समाचार
x