जात्रा-पर्व

आज ‘ईद उल फित्र', सार्वजनिक बिदा

इकागज |
चैत २९, २०८० बिहीबार ६:३८ बजे

काठमाडौँ- आज सार्वजनिक बिदा दिइएको छ ।

इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘ईद उल फित्र’ बिहीबार मनाउने भएपछि आज सार्वजनिक बिदा दिइएको हो ।


गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।

ईदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘ईद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।


Author

थप समाचार
x