जात्रा-पर्व

बिस्काः जात्रामा हात नभएको लिङ्गो ठड्याइयो

इकागज |
चैत ३०, २०८० शुक्रबार १२:५३ बजे

काठमाडौँ - भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।


संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

 


Author

थप समाचार
x